व्यावसायिक र सृजनशील प्रशासन,विकास, समृद्धि र सुशासन

नागरिक उड्डयन महाशाखा

 

यस महाशाखालाई तोकिएका कामहरु यसप्रकार छन्ः

  • वायुसेवा, हवाई प्रशिक्षण, वायुसेवा मर्मत, सम्भार र विमानस्थल संचालक संस्थाहरुलाई इजाजत पत्र प्रदान तथा खारेजी सम्बन्धी कार्य ।
  • इजाजत प्राप्त वायुसेवा, हवाई प्रशिक्षण, वायुयान मर्मत सम्भार र विमानस्थल संचालन संस्थाहरुलाई आवश्यक विदेशी जनशक्तिहरुको श्रम स्वीकृति एवं भिसाको लागि सिफारिस सम्बन्धी कार्य ।
  • वायुसेवा, हवाई प्रशिक्षण संस्था, विमान मर्मत÷सम्भार संस्था, विमानस्थल संचालन संस्थाहरुलाई आवश्यक मालसामान आयातको लागि सिफारिस सम्बन्धी कार्य ।
  • नेपाल वायुसेवा निगम सम्बन्धी कार्य ।
  • विभिन्न मुलुकहरुसँग हवाईसेवा सम्झौता वार्ता र हवाई सम्झौता सम्बन्धी कार्य ।
  • सम्पन्न हवाई सम्झौता÷समझदारीहरुको अनुमोदन सम्बन्धी कार्य ।
  • नागरिक उड्डयन सम्बन्धी अन्तर्राष्ट्रिय संघ, संस्था, संगठनसँग सम्पर्क, सहभागिता र ति संगठनबाट पारित महासन्धी/प्रोटोकलहरुको अनुमोदन सम्बन्धी कार्य ।
  • हवाई भाडा निर्धारण, परिमार्जन र संशोधन सम्बन्धी कार्य ।
  • नागरिक उड्डयन सम्बन्धी आवश्यक नीति निर्माण सम्बन्धी कार्य ।
  • हवाई क्षेत्रसँग सम्बद्ध संस्थाहरु र निकायहरुसँग समन्वयात्मक भूमिका निर्वाह सम्बन्धी कार्य ।
  • विदेशी वायुसेवाहरुलाई सेवा संचालन अनमति सम्बन्धी कार्य ।
  • निषेधित क्षेत्रमा हवाई उडान र अवतरणको सिफारिश सम्बन्धी कार्य ।
  • नेपालको हवाई क्षेत्रलाई सुरक्षित र भरपर्दो वनाउन हवाई उडान सुरक्षा सम्बन्धी नीति तर्जुमा र समन्वय गर्ने सम्बन्धी कार्य ।
  • सुरक्षित र मितव्ययी उडानको लागि मौजुदा हवाई रुटहरुमा पुनरावलोकन सम्बन्धी कार्य ।
  • मौजुदा हवाई रुट र नयाँ स्थापना हुने रुटहरुमा एयर नेभिगेशन सुविधाहरुको पहिचान, समन्वय र निर्णय सम्बन्धी कार्य ।
  • नागरिक उड्डयन क्षेत्रले प्रयोग गर्ने संचार उपकरणहरुको फ्रिक्वेन्सी निर्धारणको  सिफारिस सम्बन्धी कार्य ।
  • विमानस्थलहरुको निरीक्षण, अनुगमन लगायत अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनवाट तोकिएको निर्धारित स्तर अनुसार हवाई उडान सेवा संचालन भए नभएको बिषयमा अनुगमन सम्बन्धी कार्य ।
  • नेपालको वायुक्षेत्रलाई अधिकतम प्रयोगमा ल्याउने सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरण लगायत सम्बद्ध निकायहरुसँग समन्वय सम्बन्धी कार्य ।
  • नयाँ प्रविधि अनुसार संचार उड्डयन सहायक र दूरदृष्टि प्रविधिको माध्यमबाट एयर ट्राफिक सेवा प्रदान गर्ने सम्बन्धी कार्य ।
  • नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वामित्वमा रहेको वा नेपाल सरकारबाट प्राधिकरणलाई हस्तान्तरण हुने सम्पत्तिहरुको सदुपयोग, योजना आयोजनाको स्थितिका वारेमा सुपरीवेक्षण सम्बन्धी कार्य ।
  • वायुयानहरु संकट अवस्थामा परेमा, हराएमा वा दुर्घटनाग्रस्त भएमा खोज तथा जीवनोद्धार र समन्वय सम्बन्धी कार्य ।
  • दुर्घटनामा परेका विमानहरुको दुर्घटना जाँच सम्बन्धी कार्य ।
  • नेपाल नागरिक उड्डयन प्राधिकरणका आयोजनासँग सम्बद्ध विदेशी नागरिकहरुको लागि भिसा सिफारिस र श्रम सिफारिस सम्बन्धी कार्य ।
  • नेपाल भित्र रहेका विमानस्थलहरुमा हवाई सुरक्षाको उच्चतम व्यवस्था भए नभएको अनुगमन सम्बन्धी कार्य ।
  • राष्ट्रिय नागरिक उड्डयन सुरक्षा समिति सम्बन्धी कार्य ।
  • भी.आई.पी./भी.भी.आई.पी. उडानका सम्बन्धमा आवश्यक समन्वय सम्बन्धी कार्य ।
  • हवाई उडानवाट हुन सक्ने प्रदुषण नियन्त्रण गरी वातावरणीय स्वच्छता कायम राख्ने सम्बन्धी नीतिगत कार्य ।
  • नयाँ विमानस्थलहरुको निर्माण, विस्तार तथा भौतिक सुविधाको परिवर्तन लगायत सुरक्षा तथा सुविधा सम्बन्धी उपकरण प्रणालीको अध्यावधिक रेकर्ड राख्ने, उपकरण प्रणालीको अध्ययन, सर्भे, जडान सम्बन्धी कार्य ।
  • अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनका महासन्धीहरु, प्रोटोकलहरु लगायत एनेक्सेस् म्यानुयल्स्मा उल्लेखित गाइडलाइसेन्स बमोजिमका कार्यक्रमहरु सम्बन्धी कार्य ।
  • नागरिक उड्डयनसँग सम्बद्ध विषयहरुमा नीति, निर्माण र प्रचलित ऐन, नियम नीतिहरुमा परिमार्जन सम्बन्धी कार्य ।
  • विदेशी ऋण/सहयोग वा संयुक्त लगानी आदि श्रोतवाट नागरिक उड्डयनको क्षेत्रमा संचालन वा निर्माण हुने योजना, आयोजना सम्बन्धी कार्य ।

 महाशाखा अन्तर्गतका शाखाहरु

  • उडान सुरक्षा सुपरीवेक्षण तथा एअर स्पेश एयर ट्राफिक व्यवस्थापन शाखा
  • एअरवेज इन्जिनियरीङ्ग शाखा/वायुसेवा तथा विमानस्थल संचालन शाखा
  • हवाई संझौता तथा अन्तरराष्ट्यि नागरिक उड्डयन शाखा

29th Mar 24 10:58:32

2018 All Rights Reserved Terms of Use and Privacy Policy

Site Visited
6094258